बिहीबार, वैशाख १३, २०८१

निर्माणाधीन संसद भवनको २७ प्रतिशत काम पूरा (फोटो फिचरसहित)

मेरोन्यूज २०७७ चैत १४ गते ७:३०
सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवन, फोटो सौजन्यः डिल्ली मल्ल

काठमाडौं । संघीय संसद भवन निर्माणको काम २७ प्रतिशत सकिएको छ । सरकारी पक्षबाट संसद भवन निर्माणको काम हेरिरहेको विशेष भवन निर्माण आयोजना अन्तर्गत संसद भवन निर्माण साइट इञ्जिनियर धर्मेन्द्र पन्थीले अहिलेसम्म २७ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए ।

भवन निर्माणकै क्रममा कोरोना महामारी फैलिएपछि निर्धारित समयभित्र काम सक्न गाह्रो भएको र सरकारले ६ महिना थप गरेको उनले बताए । ठेकेदारसँग ३ वर्षमा काम सम्पन्न गर्ने सम्झौता भएकोमा त्यसमा ६ महिना थप गरी ४२ महिना बनाइएको छ ।

सिंहदरबारको १५१ रोपनी क्षेत्रफलमा बन्न थालेको संघीय संसद भवनको शिलान्यास २०७६ असोजमा भएको थियो । ३ वर्षमा सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा ६ महिना थप गरेपछि भवन निर्माणको काम २०८९ चैत १५ गतेसम्म गरिसक्नुपर्नेछ ।

राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहालले शुक्रबार भवन निर्माण स्थलमा पुगेर अवलोकन गरे ।

सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवनको अवलोकन गर्दै राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहाल, फोटो सौजन्यः डिल्ली मल्ल

प्रतिक्रिया