शुक्रबार, वैशाख ७, २०८१

कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै

मेरोन्यूज २०७७ चैत १४ गते ६:४९

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक आज बस्दै छ । केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको गएराति निधन भएपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको हो ।

बैठक केन्द्रीय कार्यालय सानेपामा विहान साढे ११ बजे बस्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। उनका अनुसार नेता जेशीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज मध्यान्ह १२ देखि दिउँसो २ बजेसम्म केन्द्रीय कार्यालयमा राखिने छ। उनको आजै दाहसंस्कार गरिने परिवारले जनाएको छ ।

गत फागुन १४ गते मष्तिष्कघात भई थापाथलीस्थित नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार कै क्रममा जोशीको गएराती निधन भएको हो । विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मिएका नेता जोशी २०७० मा काठमाडौँ क्षेत्र नं ८ बाट संविधान सभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया