शनिबार, वैशाख ८, २०८१

नेपाली कांग्रेसका नेता जोशीको निधन

मेरोन्यूज २०७७ चैत १३ गते २१:२८

काठमाडौं । नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको शुक्रबार साँझ निधन भएको छ । गत फागुन १४ गते मष्तिष्काघात भई थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत उनको निधन भएको हो । उनको शुक्रवार राती ८ बजेर २४ मिनेटमा निधन भएको हो ।


मस्तिष्कघात भई जोशीको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बाँस्तोलाले उनको निधन भएकाे जानकारी दिए । उनलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो ।

अस्पतालकाे कर्पोरेट कम्युनिकेसन एण्ड पीआर डिपार्टमेन्टले एक वक्तव्य जारी गर्दै जोशीको निधनको पुष्टि गरेको हो । उनलाई निर्भिक अस्पतालकाे आइसियूमा राखी उपचार गरिएको थियो । भेन्टिलेटरको सपोर्टमा उपचार जारी राखिएको थियो । शुक्रबार बिहानदेखि जोशीको मुटुले समेत काम गर्न छाडेको थियो । उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उनको निधन भएको हो ।

प्रतिक्रिया