शनिबार, वैशाख ८, २०८१

प्रचण्डद्वारा श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी

मेरोन्यूज २०७७ चैत १३ गते १९:५४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) ले नेवाः राष्ट्रिय मुक्ति मोर्चाका उपाध्यक्ष दीपेन्द्र श्रेष्ठकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

शुक्रबार थापाथलीस्थित नर्भिक अस्पताल पुगी उनले श्रेष्ठकी आमा रुक्मिणीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । लामो समयदेखि दमबाट पीडित रुक्मिणीको चार दिनदेखि उपचार भइरहेको छ । प्रचण्डले रुक्मिणीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । श्रेष्ठको उपचार नर्भिक अस्पतालका चिकित्सक डा रमेशकुमार चोखानी टिमले गरिरहेको छ ।

प्रतिक्रिया