बिहीबार, वैशाख १३, २०८१

नेपालमै मल कारखाना स्थापना गर्न मन्त्रिपरिषद्को स्वीकृति

मेरोन्यूज २०७७ चैत १३ गते १९:४६

काठमाडौं । नेपालमै मल कारखाना स्थापना गर्ने प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत भएको छ । कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले पेश गरेको उक्त प्रस्ताव बिहीबारको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो ।

बैठकले नेपालमा रासायनिक मल कारखाना स्थापना र सञ्चालनसम्बन्धी अध्ययन प्रतिवेदन, २०७७ स्वीकृत गर्दै कृषिमन्त्रालयलाई मल कारखाना स्थापनाका लागि प्रक्रिया अगाडि बढाउन अनुमति दिएको हो ।

प्रत्येक वर्ष नेपाली किसानले भोग्दै आएको मल अभावको दिर्घकालीन समाधानका लागि सरकारले मल कारखाना स्थापना गर्न लागेको कृषिमन्त्री अर्यालले जानकारी दिइन् ।

सार्वजनिक नीजि साझेदारी (पीपीपी) मोडालिटिमा मल कारखाना स्थापना हुनेछ । कारखाना संचालनका लागि आवश्यक पर्ने कार्यविवधि कृषि मन्त्रालयले तयार गर्नेछ ।

प्रतिक्रिया