शनिबार, वैशाख १५, २०८१

टेलिकमले पारित गर्‍याे प्रतिशेयर ४० रुपैयाँ लाभांश

मेरोन्यूज २०७७ चैत १३ गते १९:३७

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ बाट शेयरधनीलाई नगद लाभांश दिने भएको छ । टेलिकमको आज शुक्रबार सम्पन्न १३ औं वार्षिक साधारणसभाले शेयरधनीलाई वितरण गर्ने लाभांश पारित गरेको हाे ।

सञ्चालक समितिले प्रस्ताव गरेअनुसार प्रतिशेयर ४० रुपैयाँका दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभाले अनुमोदन गरेको छ । साधारणसभाले कम्पनीको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्नेगरी अम्बिकाप्रसाद पौडेललाई सञ्चालक सदस्यमा चयन गरेको छ ।

नवनिर्वाचित सञ्चालक सदस्य पौडेलले आफूलाई सञ्चालक पदमा निर्वाचित गराई कार्य गर्ने अवसर दिएकामा सम्पूर्ण सर्वसाधारण शेयरधनी र कर्मचारी शेयरधनीप्रति आभार व्यक्त गरे । उनले शेयरधनीलाई उचित प्रतिफल, कर्मचारीलाई उचित प्रोत्साहन र दूरसञ्चार सेवालाई अझै सर्वसुलभ तथा गुणस्तरीय बनाउन काम गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया