बुधबार, वैशाख १२, २०८१

वायुमण्डलमा खराबी देखिएपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘अहिलेको अवस्थामा घर बाहिर ननिस्कनू’

मेरोन्यूज २०७७ चैत १३ गते १८:२२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मौसममा आएको खराबीले स्वास्थ्यमा प्रतिकूल असर गर्ने भन्दै घर बाहिर नजान सर्वसाधारणलाई आग्रह गरेको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै अचानक मौसममा आएको परिर्वतनले जनस्वास्थ्यमा विभिन्न समस्या देखिने भन्दै अत्यावश्यक अवस्थामा बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले वायुमण्डलमा देखिएको खराबीले श्वासप्रश्वासमा कठिनाइलगायत विभिन्न समस्या देखापर्ने हुँदा घरभित्र नै बस्न आग्रह गरे ।

उनले भने, ‘घरबाहिर खुल्लास्थानमा नबस्न, मर्निङवाक जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने अहिले अवस्थामा रोक्न, बिनाकाम घर बाहिर नजान, जानै परेमा मास्कको अनिवार्य प्रयोग गनुपर्छ ।’ उनले बालबालिका, दीर्घरोगी र ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न सुझाए ।

प्रतिक्रिया