शुक्रबार, वैशाख १४, २०८१

खेलौँ होली, रंग घोली, नगरौँ गल्ती माक्स खोली !

मेरोन्यूज २०७७ चैत १३ गते १८:०१

काठमाडौं । वेलकम एड्भटाइजिङ एण्ड मार्केटिङ प्रालिको प्रांगणमा वेलकम ग्रुपले एक–आपसमा शुभकामना आदानप्रदान गरी फागु पूर्णिमा (होली) मनाएको छ ।

होली पर्व एक विशेष महत्व बोकेको पर्व हो । ‘असत्यमाथि सत्यको विजय’को प्रतीकका रुपमा गृष्म ऋतुको आगमनसँगै होली पूर्णिमाको दिन एक आपसमा विभिन्न रंग खेली यो पर्व मनाइन्छ ।

कोरोना भाइरसले परेको मनोसामाजिक असरले गर्दा, यसपटक पनि मास्क लगाएर होली मनाइएको छ । वेलकम एड्भटाइजिङले वर्तमान परिस्थितिअनुसार सामाजिक दूरी कायम राखेर एक आपसमा शुभकामना आदान प्रदान गर्दै हाेली मनाएको हाे ।

साे अवसरमा वेलकम ग्रुपका संचालक निर्मलराज पौडेलले होलीको शुभकामना दिँदै सरकारले दिएको निर्देशनको पालना गर्दै आफू र आफ्नो परिवारलाई सुरक्षित राखेर घर परिवारमै सीमित रही होली मनाउन सुझाव दिए ।

प्रतिक्रिया