शुक्रबार, चैत १६, २०८०

तेस्रो वरियता पाए आङ्बोहाङले

मेरोन्यूज २०७७ चैत १३ गते १४:३६

काठमाडौँ । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् पुनर्गठन गरि वरियतासमेत निर्धारण गरेका छन् । राईले आफूपछिको वरियतामा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्मीलाई राखेका छन् । तेस्रो वरियतामा आज नियुक्त गरेका आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङ् (लिम्बु) राखेका छन् ।

चौँथो वरियतामा जगदिशप्रसाद कुसियत, पाँचौ वरियतामा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर राना, छैँटौ वरियतामा सामाजिक विकास मन्त्री उषाकला राई र सातौँ वरियतामा भौतिक पूवाधारमन्त्री अम्बिरबाबु गुरुङलाई राखेका छन् । 

माओवादी केन्द्रमा रहेका नेता आङ्बोहाङ संसदीय दलका नेता थिए । उनी एमाले प्रवेश गरेर अर्थमन्त्रीमा बाजी मारेका छन् ।

सर्वाेच्च अदालतले गत फागुन २३ मा एमाले र माओवादी केन्द्र नै ब्युँताएदिएको छ ।

Advertisement

प्रतिक्रिया