बिहीबार, वैशाख १३, २०८१

बाइडेनको महत्वाकांक्षी लक्ष्य – १०० दिनमा २० करोडलाई खोप लगाइने घोषणा

मेरोन्यूज २०७७ चैत १३ गते १४:०८

रासस÷सिन्ह्वा । अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको पहिलो सय दिनमा २० करोड नागरिकलाई कोरोनाभाइरसको खोप लगाउने बताएका छन् ।

ह्वाइट हाउसको पहिलो पत्रकार सम्मेलनमा बाइडेनले आफ्नो पहिलो १०० दिनमा २० करोड मानिसलाई खोप दिने बताएका हुन् ।

बाइडेन भन्छन् “मलाई थाहा छ यो यो लक्ष्य महत्तवाकाङ्क्षी छ, हाम्रो यसअघिको लक्ष्यभन्दा यो दोबर हो तर यो लक्ष्यमा हामीले गरे जति अरू कुनै देश हाम्रोनजिक पनि आउन सकेका छैनन्। र मलाई विश्वास छ कि हामी यो वाचा पनि पूरा गर्नसक्छौँ ।”
अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसको खोपको करिब १३ करोड मात्रा दिइसकिएको छ । अमेरिकी स्वास्थ्य अधिकारीअनुसार दैनिक करिब २५ लाख खोपको मात्रा अहिले वितरण भइरहेको छ ।

प्रतिक्रिया