शुक्रबार, वैशाख ७, २०८१

‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ आयोजना गरिने

मेरोन्यूज २०७७ चैत १३ गते १२:४२

काठमाडौं । यही चैत २० र २१ गते ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ को पहिलो संस्करण आयोजना हुने भएको छ । काठमाण्डौंमा हुने ‘गल्फ टुर्नामेन्ट’मा कर्पोरेट क्षेत्रका संस्थाहरुका तर्फबाट सहभागिता हुनेछ । नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवको अवसरमा पहिलो पटक हुन लागेको ‘गल्फ टुर्नामेन्ट’ पाँच वर्षसम्म नियमित रुपमा हुने चेम्बरले जनाएको छ ।


नेपाल चेम्बर अफ कमर्स र रोयल नेपाल गल्फ क्लबबीच पाँच वर्षका लागि ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ आयोजना गर्ने सहमति भएको हो । चेम्बरका तर्फबाट पर्यटन समितिका सभापति अर्जुनप्रसाद शर्मा तथा क्लबका क्याप्टेन राजेन्द्रमान शेरचनले समझदारीपत्रमा हस्ताक्षर भयो ।

अहिले कर्पोरेट क्षेत्रलाई लक्ष्य गरी आयोजना गरिने गल्फ प्रतियोगितालाई भविष्यमा मुलुकको पर्यटन प्रबद्र्धनमा समेत सहयोग पुग्ने गरी अन्तर्राष्ट्रियस्तरको बनाइने शर्माले जानकारी दिए । उनले भने ‘यसखालका प्रतियोगिताले कोभिड १९ पछि खस्किएको पर्यटन उद्योगलाई प्रबद्र्धन गर्न सहयोग पुग्छ भन्ने हाम्रो अपेक्षा छ ।’

प्रतिक्रिया