बुधबार, वैशाख १२, २०८१

सुनचाँदीको मुल्य सस्तो

मेरोन्यूज २०७७ चैत १३ गते १२:३४

काठमाडौं । नेपाली बजारमा कारोबार हुने साताको अन्तिम दिन (आज) शुक्रबार सुनचाँदीको मुल्य सस्तो भएको छ । प्रतितोला ६ सय रुपैयाँले सुनको मुल्य सस्तो भएको छ भने चाँदी प्रतितोला १० रुपैयाँ घटेको छ ।

सुन प्रतितोला ८६ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो ८६ हजार ९ सय रुपैयाँमा खरिदबिक्रि भएको थियो ।

यसैगरी चाँदी भने चाँदी र १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया