शुक्रबार, वैशाख १४, २०८१

संकटग्रस्त हात्ती, शिकारीको जञ्जालमा

मेरोन्यूज २०७७ चैत १३ गते ८:२२

हात्तीको दाराको व्यापार, अत्यावश्यक बासस्थानको क्षती र हात्ती सम्बन्धि जैविक ज्ञानका कारण अफ्रिकी हात्तीहरुमा पहिला कम आंकिएको चुनौती बढ्दै गएको पाइएको छ ।

इन्टरनेशनल यूनियन फर कन्जर्वेशन अफ नेचर (आईयुसीएन) का अनुसार अफ्रिकी जंगली हात्ती अहिले गम्भिर संकटको अवस्थामा छन् ।

सावाना हात्ती पनि संकटग्रस्त अवस्थामा छन् ।

‘दशकौंदेखि हात्तीको संख्या घट्दै जाँदा’ विलुप्त हुने खतरा भएका प्रजातिका जनवारको उच्चतम स्थानमा छ ।

अफ्रिकी हात्तीलाई यसअघि पनि आईयूसीएनले विलुप्त हुने खतराको भएको जनवारको उच्चतम सूचीमा राखेको थियो ।

आनुवंशिक प्रमाणले एक दशकभन्दा अघि नै यी हात्तीलाई दुई अलग–अलग प्रजाति भएको देखाएको थियो ।

तर, यी हात्तीहरुको ठीक आकलन, कुल संख्या, उनीहरुको संख्याको रुझान, उनीहरुलाई आईपर्न सक्ने खतरा पत्ता लगाउन वर्षौं लाग्छ ।

आईयुसीएनको अनुमान अनुसार अफ्रिकामा हाल ४ लाख १५ हजार हात्ती रहेका छन् ।

गत तीन दशकको अवधिमा जगंली हात्तीको संख्या ८६ प्रतिशतले गिरावट आएको छ । यस्तै सावाना हात्तीको कुरा गर्दा विगत ५० वर्षमा यसको संख्यामा करीब ५० प्रतिशतले कमी आएको पाइएको छ ।

आईयुसीएन हात्ती विशेषज्ञ समुहका सह–अध्यक्ष डा. वेन ओकिटाले पछिल्लो मूल्याङ्कनलाई ‘खतराको घण्टी’ भएको बताएका छन् ।

सन् २०११ मा हात्तीको संख्या वृद्धि भएको थियो । तर, पछिल्लो समय गिरावट आउनुमा दारा व्यापारी ‘मुख्य कारण’ भएको सह–अध्यक्ष डा. वेन ओकिटाले बीबीसी न्यूजलाई बताए ।

‘यो हात्तीको संख्यामा कमी आउनुको प्रमुख कारण हो,’ उनी भन्छन् ।

‘हात्तीहरुको मृत्यु हुनेमा अर्को कारण पनि छ । त्यो हो भूमीको क्षयिकरण र विखन्डन । यो विषयमा ध्यान दिनुपर्छ’, उनी भन्छन् ।

ठूलो प्रजातिको जनवार जसलाई हिंडडुल गर्न धेरै क्षेत्रफल चाहिने हुँदा त्यस्ता जनावरलाई भूमी क्षयिकरण र विखन्डनको समस्या चुनातीपूर्ण हुन्छ ।

जनावारलाई अन्तर्राष्ट्रिय सीमाना थाहा हुँदैन ।

त्यसैले सीमा पारको अर्को क्षेत्रसँग सहकार्य गर्दै जनावरहरुको व्यवस्थापनका लागि योजना बनाउनुपर्छ ।

जनावरले साझा रुपमा प्रयोग गर्ने जमिनलाई डा.ओकिटा भन्छन्, त्यो जमिनको उपयोग त्यसरी गर्नुपर्छ जसरी प्रयोग गर्दा जनावरलाई सहज हुन्छ ।

‘मलाई के विश्वास छ भने जनावरको बासस्थान सहज बनाईदिन अफ्रिकी सरकारको पनि इच्छा छ । यस्तै जनावर बसोबास गर्ने क्षेत्र आसपास बस्ने समुदायका मान्छे पनि त्यसो गर्न चाहन्छन्’, डा.ओकिटा भन्छन् ।

त्यस दिशातर्फ जान सहज हुने काम हामीले गर्नुपर्छ ।

‘म आशावादी छु, ज्यादै नै आशावादी छु, हामी परिस्थितिलाई हाम्रो अनुकुल बनाउन सक्छौँ ।’

डा. इसला डुपगोर जो अक्सफोर्ड विश्वविद्यालयबाट हुन् उनी भन्छिन्, ‘सतहमा यो समस्या गम्भिर देखिए पनि वास्तवमा समस्या त्यत्ति गम्भिर छैन, सकारात्मक नै छ ।’

‘प्रजातिबीचको विविधता सकारात्मक छ, किनकी हामी यसमा केन्द्रीत भएर केही गर्न सक्छौँ । हामी कुन प्रजातिलाई कुन स्थानमा खोजिरहेका छौं भन्ने थाहा भने हुनुपर्छ ।

‘अधिक सूचना हुनु पनि राम्रो हुन्छ ।’

‘तीव्र गिरावट’

वन्यजन्तुहरुको प्रवासी प्रजातिहरुको संरक्षण सम्मेलन अधिवेशनका कार्यकारी सचिव एमी फ्रेन्केलले भने: ‘मलाई आशा छ कि यसले दुवै प्रजातिका लागि संरक्षण कार्यमा नेतृत्व लिनेछ ।

‘विशेषगरी जंगली हात्तीले पछिल्ला केही दशकमा आफ्नो संख्यामा व्यापक गिरावट व्यहोर्नु पर्‍यो।’

डा. डुपगोर भन्छिन्, ‘अफ्रिकाको जंंगलमा’ काम गर्ने संरक्षणवादीले जनावरको बासस्थान संरक्षणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् ।

‘संरक्षणवादी संस्थाहरुले मात्रै संरक्षणमा आवश्यक पर्ने आर्थिक सहयोग गर्न सक्छन्’, उनी भन्छिन् ।

(भिक्टोरीया गिल बीबीसीकी विज्ञान र वातावरण सम्बन्धि संवाददाता हुन् । २५ मार्च २०२१ मा बीबीसीमा प्रकाशित उनको यो रिपोर्ट पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)

प्रतिक्रिया