बिहीबार, वैशाख १३, २०८१

आजको मौसम

मेरोन्यूज २०७७ चैत १३ गते ७:२१

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ ।

देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं. १ को पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन÷चट्टयाङ्ग सहित फाटफुट/हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

प्रतिक्रिया