शनिबार, वैशाख १५, २०८१

शिक्षा मन्त्रालयले भन्यो, कोरोनाको जोखिम बढ्यो, सतर्कता अपनाएर पठनपाठन गराऔँ

जनस्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न आग्रह

मेरोन्यूज २०७७ चैत १२ गते २१:१०

काठमाडौं । कोरोना भाइरसको जोखिम बढेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले थप सतर्कता अपनाएर शिक्षा संस्थाका क्रियाकलाप सञ्चालन गर्न आग्रह गरेको छ ।

मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेका जनस्वास्थ्य र सुरक्षासम्बन्धी मापदण्ड पालना गर्न, शिक्षण संस्थामा मास्क तथा स्यानिटाइजरको प्रयोग, व्यक्तिगत सरसफाई तथा संक्रमणको लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको हो ।

प्रतिक्रिया