शुक्रबार, चैत १६, २०८०

एमालेमा प्रश्नकाे दाेहाेरी

ओलीलाई भीम रावलको प्रश्न, पार्टी विभाजन गर्ने आपत्तिजनक गतिविधि र विधानको ठाडो उल्लंघन किन ?

मेरोन्यूज २०७७ चैत १२ गते २०:३७

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले पार्टीको नवौं राष्ट्रिय महाविधेशनबाट पारित विधानका प्रावधानको किन ठाडो उल्लंघन गरेको भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिप्रश्न गरेका छन् ।

ओली पक्षले सोधेको स्पष्टीकरणको प्रतिउत्तर लेख्दै उनले पार्टी विधानमा संशोधन गर्ने जस्ता निर्णय गरिएको भनी सार्वजनिक गरेर विधानको ठाडो उल्लंघन गरेको र विभाजनको रेखा कोर्ने आपत्तिजनक काम किन गरेको भनेर उल्टै अध्यक्ष ओलीलाई प्रतिप्रश्न गरेका हुन् ।

हेर्नुहोस् भीम रावलले दिएको स्पष्टीकरण

प्रतिक्रिया