शुक्रबार, वैशाख १४, २०८१

कोरोना जोखिम रोक्न सिसिएमसीलाई स्वास्थ्य मन्त्रालयको ८ बुँदे सुझाव (सुझावसहित)

मेरोन्यूज २०७७ चैत १२ गते १९:२५


काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ प्रकारको ‘भेरिएन्ट’ भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक तयारीका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी) लाई ८ बुँदे सुझाव दिएको छ । मन्त्रालयले सिसिएमसीलाई बिहीबार ८ बुँदे सुझाव दिएको हो ।

तराई लगायतका जिल्लाका नेपाल र भारतबीच सीमा नाकाबाट नेपाल प्रवेश गर्ने क्षेत्रमा निगरानी बढाउने र केन्द्रबाट अनुगमन गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान कक्षमा निगरानी बढाइ स्वास्थ्य परीक्षणमा थप सक्रियता बढाउने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्वतयारी योजना बनाउन र हाल सञ्चालनमा रहेका सीमानाकालाई कोभिड–१९ को संक्रमणको अवस्था हेरी पुनरावलोकन गर्ने र संक्रमण दर उच्च हुन पुगेमा नाका घटाउने लगायतका काम गर्न मन्त्रालयले सिसिएमसीलाई सुझाव दिएको हो ।
(हेर्नुहोस् सुझावसहित)

प्रतिक्रिया