शुक्रबार, वैशाख १४, २०८१

ओलीलाई सत्तामा बस्ने नैतिकता छैन : नेता सिंह

मेरोन्यूज २०७७ चैत १२ गते १८:३१

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ सेकेण्ड पनि सत्तामा बस्ने नैतिकता नभएको बताएका छन् ।

नेपाल प्रेस युनियनले बिहिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले ओलीले असंवैधानिक कदम उठाएर नैतिकता गुमाइसकेकाले १ सेकेण्ड पनि सत्तामा बस्ने अधिकार नभएको बताएका हुन् ।

देश विकासका लागि कम्युनिष्टले बहुमत प्राप्त गरे पनि जनाताले अपेक्षा गरेअनुसार सरकारले काम गर्न नसकेको उनको भनाइ छ । ‘कम्युनिष्टले जनताको काम गर्न बहुमत प्राप्त गरेका हुन् तर कम्युनिष्ट सरकार प्रधानमन्त्रीलाई मजबुत बनाउन लाग्यो’ उनले भने । आन्तरिक भागभण्डा नमिलेपछि कम्युनिष्टले देशलाई दुर्घटनातर्फ धकेल्न प्रयास गरेको नेता सिंहको आरोप छ ।

प्रतिक्रिया