शुक्रबार, वैशाख ७, २०८१

एटिएम तोडफोड गरी चोरी गर्न खोज्ने पक्राउ

मेरोन्यूज २०७७ चैत १२ गते १८:२२

ललितपुर । ललितपुर महानगरपालिका-१४ खुमलटार र विशालचोकस्थित दुई बैंककाे एटिएम फुटाइ नगद चाेरी गर्न खाेजेकाे अभियाेगमा प्रहरीले ललितपुर च्यासल बस्ने गोरखा सिरानचोक गाउँपालिका-५ घर भएका ३० वर्षीय भेषबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ ।

थापाले गत फागुन २८ गते ललितपुर महानगरपालिका-१४ खुमलटारस्थित ग्लोबल आईएमई बैंकको एटिएम र यही चैत ९ गते विशालचोकस्थित सांग्रीला डेभलपमेन्ट बैंकको एटिएम फुटाई नगद चोरी गरेकाे प्रहरीले जनाएकाे छ ।

उनलाई ललितपुर महानगरपालिका-१४ ताल्छीखेलस्थित एक वर्कशपबाट घटनामा प्रयोग भएको बा ३५ प ६१५७ नम्बरको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको हो । उनीमाथि चोरी उद्योगसम्बन्धी कसूरमा महानगरीय प्रहरी वृत्त सातदोबाटोले अनुसन्धान गरिरहेकाे महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रतिक्रिया