शनिबार, वैशाख ८, २०८१

द्विपक्षीय आर्थिक सम्बन्ध विस्तारबारे छलफल

मेरोन्यूज २०७७ चैत १२ गते १७:५४

काठमाडाैं । नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाह र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठसहित पदाधिकारीबीच द्विपक्षीय आर्थिक सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको छ ।

त्यस अवसरमा अध्यक्ष श्रेष्ठले नेपालमा औद्योगिक तथा व्यावसायिक वातावरण बनाउन चेम्बरले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको जानकारी दिँदै नेपाली उद्योगी व्यवसायी पाकिस्तानसँग आर्थिक सम्बन्ध विस्तार गर्न इच्छुक रहेको बताए ।

उनले नेपालमा जलविद्युत्, पर्यटन, कृषि, जडिबुटी, खनिज पदार्थ उत्खननलगायत क्षेत्रमा पाकिस्तानी लगानीकर्तालाई अभिप्रेरित गर्न आग्रह गरे । चीनले नेपाललाई आठ हजार वस्तुमा दिएको भन्सार सुविधाका कारण नेपालमा लगानीको उपयुक्त वातावरण रहेकाले पाकिस्तानी लगानीको अपेक्षा नेपालले गरेको उनले बताए ।

पाकिस्तानले नेपालसँग विभिन्न क्षेत्रमा सम्बन्ध स्थापित गर्न चाहिरहेको बताउँदै राजदूत शाहले चेम्बरजस्ता निजी क्षेत्रका संस्थाले पारस्परिक व्यापार अभिवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्न सक्ने विचार व्यक्त गरे। उनले नेपालमा लगानीका सम्भावना र प्रमुख क्षेत्रबारे चासो देखाएका थिए ।

प्रतिक्रिया