शुक्रबार, वैशाख १४, २०८१

पछिल्लो २४ घण्टामा १२० जनामा कोरोना

मेरोन्यूज २०७७ चैत १२ गते १७:१३

काठमाडौं । पछिल्लो २४ घण्टामा १२० जना कोभिड–१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८९१ जनाको पीसीआर परीक्षण गरिएकोमा १२० जनाको नतिजा पोजिटिभ आएको हो ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७६ हजार ५०९ पुगेको छ । पछिल्लो २४ घण्टामा ८५ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७२ हजार २७२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना कारण कसैको पनि मृत्यु पुष्टि भएको छैन । नेपालमा हालसम्म कोभिड–१९ का कारण तीन हजार २० जनाले ज्यान गुमाइसकेका छन् ।

हाल देशभर क्वारेन्टिनमा ५५ जना छन् भने आइसोलेसनमा एक हजार २१७ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया