शुक्रबार, वैशाख ७, २०८१

अर्थमन्त्री पौडेल भन्छन् – ‘लकडाउन अहिलेको लागि अनुपयुक्त’

मेरोन्यूज २०७७ चैत १२ गते १७:००

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नोभेल कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि लकडाउन नहुने स्पष्ट पारेका छन् । कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक–सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भन्दै उनले जनस्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराइने तर लकडाउन नगरिने बताएका हुन् ।

सरकारले लकडाउन गर्दैछ भन्ने आशंका नगर्नसमेत मन्त्री पौडेलको आग्रह गरे । काेराेनाविरूद्धकाे खाेप खरिदका लागि बजेट अभाव नहुने मन्त्री पौडेलको भनाइ छ ।

प्रतिक्रिया