बिहीबार, वैशाख १३, २०८१

अर्थ समितिले पारित गर्यो बीमा विधेयक

मेरोन्यूज २०७७ चैत १२ गते १६:४०

काठमाडौं । संघीय संसद्काे अर्थ समितिले बीमा विधेयक गरेको छ । समितिको बिहिबार बसेको बैठकले बीमा बिधेयक पारित गरेको हो । सो विधेयकमा समितिको अध्यक्ष स्वतः प्राधिकरण अध्यक्ष हुनेछ ।

तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले बीमा समितिका तत्कालीन अध्यक्ष चिरञ्जीवी चापागाईंलाई हटाउने गलत मनसाय राख्दै २०७५ असारमा नयाँ बीमा ऐनको मस्यौदा संसद्मा दर्ता गरेको आरोप छ । उक्त मस्यौदामा बीमा क्षेत्रको नियामक निकाय बीमा समितिलाई बीमा प्राधिकरण बनाउने प्रस्ताव गरिएको थियो ।


अहिले समितिको अध्यक्षमा सूर्यप्रसाद सिलवाल छन् । अर्थ समितिले पारित गरेको विधेयक संसद्पूले पारित गर्दा बीमा समिति प्राधिकरणमा रुपान्तरण हुँदा पनि सिलवाल नै प्राधिकरणको अध्यक्ष बन्नेछन् । बीमा समितिलाई प्राधिकरणमा लैजाने प्रस्तावको मस्यौदा अलि पहिल्यै बनेको थियो । जसमा भने विद्यमान सञ्चालक समितिलाई नै निरन्तरता दिने उल्लेख थियो ।

बैठकमा बीमा ऐन, २०७५ नेपाल बीमा प्राधिकरण गठन तथा त्यसका काम, कर्तव्य र अधिकार, प्राधिकरण सञ्चालक समिति, अध्यक्ष वा सदस्यको नियुक्ति, उनीहरूको योग्यता, पदावधि, काम, कर्तव्य र अधिकार, पदाधिकारीको स्वार्थ बाझिएमा निर्णय गर्नमा बन्देज, कर्मचारीसम्बन्धी व्यवस्था, प्राधिकरणको कोष, लेखा तथा लेखापरीक्षणलगायत विषयमा दफावार छलफल भएको थियो ।

प्रतिक्रिया