शुक्रबार, वैशाख १४, २०८१

नेप्सेमा २० अंककाे गिरावट

मेरोन्यूज २०७७ चैत १२ गते १५:५६

काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक कारोबार हुने साताको पाँचौं दिन आज बिहिबार २१ दशमलब २९ अंकले गिरावट आएको छ ।

बजार परिसूचक हिजो बुधबारको तुलनामा शुन्य दशमलब ८३ प्रतिशतले घटेर २ हजार ५ सय ४८ दशमलब ९६ बिन्दुमा पुगेको हो । कारोबार भएका २ सय ८ कम्पनीका ७४ हजार ६ सय ५८ कारोबारबाट ६ अर्ब ५० करोड ८ लाख ६ सय ४० रुपैयाँ बराबरका १ करोड २५ लाख ४८ हजार १ सय ४६ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ५दशमलव ६४ अंक अर्थात १ दशमलव २४ प्रतिशतले घटेर ४ सय ५० दशमलव ३१ अंकमा बन्द भएको छ ।
सूचीकृत कम्पनीहरुबाट सर्वसाधारणमा जारी भएका सेयरहरुको मात्रै कारोबार मापन गर्ने परिसूचक फ्लोट परिसूचक पनि १ दशमलव ५ अंक अर्थात् शून्य दशमलव ८५ प्रतिशतले घटेर १ सय ७४ दशमलव ९९ अंकमा बन्द भएको छ । यस्तै, सन्सेटिभ फ्लोट परिसूचक पनि १ दशमलव ६७ अंकले ओरालो लागेर १ सय ४६ दशमलव ४६ अंकमा बन्द भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

कूल नेप्सेमा रातो चिन्ह् देखिएपनि चन्द्रागिरी हिल्सका शेयरधनी आज मख्ख छन् ।
यो चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्य आज बिहीवार प्रतिकित्ता २ हजार ७९ कायम भएको छ । यस दिन शेयरमूल्य १० प्रतिशत अर्थात् प्रतिकित्ता १ सय ८९ ले बढेको हो । गत माघ २५ गतेदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार शुरु गरेको कम्पनीको हालसम्म ३३ दिन कारोबार हुँदासम्म निरन्तर कम्पनीको शेयरमूल्य बढेको हो । दोस्रो बजारमा कारोबार खुला भएदेखिनै कम्पनीको शेयरमूल्य निरन्तर उच्च दरमा बढेको स्टक एक्सचेञ्जले जनाएको छ ।

प्रतिक्रिया