शुक्रबार, वैशाख ७, २०८१

प्रधानमन्त्रीले बोलाए दलको वैठक

मेरोन्यूज २०७७ चैत १२ गते १४:१५


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी संसदीय दलको वैठक आ्रहवान गरेका छन् । भोलि शुक्रवार प्रधानमन्त्रीले दलको वैठक बोलाएको नेकपा एमाले दलका प्रमुख सचेतक विशाल भटटराईले जानकारी दिए ।

‘प्रधानमन्त्रीले वालुवाटारमा दिउँसो ३ बजे वैठक बोलाउनु भएको छ,’ भटटराईले भने ।
एमाले ब्यूतिएपछि ओलीले वोलाएको दलको वैठकमा माधव नेपाल र झलनाथ खनाल पक्ष भने सहभागी भएको छैन ।

भोलि माधव नेपाल पक्षले कलंकीमा आफु पक्षिय केन्द्रीय सदस्यहरुको वैठक बोलाएका छन् ।

यस अगाडी पनि ओलीले चैत ५ मा दलको वैठक बोलाएका थिए, जुन दिन माधव नेपाल पक्षले राष्टिय कार्यकर्ता भेला आयोजना गरिरहेको थियो । चैत ७ मा केन्द्रीय समितिको वैठक अगाडी पनि संसदीय दलको वैठक वसेको थियो । तर दुवै वैठकमा माधव नेपाल पक्ष सहभागी भएको थिएन । नेपाल पक्षसग अहिले ३८ सांसद छन् ।

प्रतिक्रिया