बिहीबार, वैशाख १३, २०८१

समाजवादी अर्थतन्त्र सुन्दा मात्रै राम्रो

प्याट्रिक टायररेल २०७७ चैत १२ गते १३:२९

फक्स बिजनेस नेटवर्कका चाल्र्स पायनले द हेरिटेज फाउन्डेशनको इन्स्टुच्युडमा फर इकनोमिक्स फ्रिडमका उपाध्यक्ष रहेका जैक स्पेंसरसँग सन् २०२१ को आर्थिक सूचाकाङ्कका विषयमा छलफल गरे । बिहिबार सार्वजनिक भएको सन् २०२१ को इन्डेक्स अफ इकनोमिक्स फ्रिडम खास सन्तोषजनक नरहेको परिप्रेक्षमा यी दुईको भेटघाट भएको हो ।


सार्वजनिक इन्डेक्सका अनुसार संयुक्त राज्य अमेरिकाले आर्थिक स्वतन्त्रतामा गत वर्ष ठूलो नोक्सानी व्यर्होनु परेको देखिन्छ । संघीय अर्थतन्त्रमा आएको नोक्सानीका कारण अमेरिकाको यस्तो स्थिति भएको प्रारम्भिक अध्ययनले देखाएको छ । अमेरिका र विश्व नै समाजवादतिर उन्मुख हुँदा अर्थतन्त्रको स्वास्थ्यमा यस किसिमको खराबी आएको अनुमान गरिएको छ ।


देशको आर्थिक स्वास्थ्यमा खराबी आउने अमेरिका एक मात्र देश भने होइन । कोरोना महामारीसँग अर्थतन्त्रमा आएको गिरावटका कारण विश्वभर नै वार्षिक अर्थतन्त्रको स्वास्थ्यमा यस किसिमको नकरात्मकता देखिएको हो । यो सँगै अमेरिका लगायत विश्वभरकै देश समाजवादतर्फ उन्मुख हुँदा वार्षिक अर्थतन्त्रमा नकारात्मकता छाएको हो ।


विडम्बना, पायनेले अर्थतन्त्रमा आएको कठोरता देखेका छैनन् जुन देख्न जरुरी छ । अमेरिकी अर्थतन्त्र खतराको उचाईमा पुग्नुअघि नै यसको सम्भाव्यतालाई आकलन गर्नु बुद्धिमता हुन्छ ।


अर्कोतर्फ पायने आफूलाई ‘गुलाफ रंगको सिसा जस्तो व्यक्ति’ भएको दाबी गर्छन् । अमेरिकाको भविष्यका विषयमा आशावादी रहेको उनी बताउँछन् । आफ्नो र अरुको प्ररणादायी कथा सुनाउँदै पायने भन्छन् कोभिड–१९ महामारी शुरु हुनुअघि, ‘नयाँ व्यवसायका लागि परेको आवेदनले उचाई नाघेको थियो ।’ जनेरेशन वाई र जेड्का युवाहरुमा उद्यमशीलताको भोक रहँदा यस्तो अवस्था आएको उनी बताउँछन् ।

पायनेका लागि अमेरिका अझै पनि ‘अवसरले भरिएको’ देश हो । समाजवाद शब्द सुन्दा राम्रो सुनिने भन्दै प्रशंसा गर्छन् पायने । ‘यो साँच्चै नै राम्रो सुनिन्छ’, उनी भन्छन्, ‘सबैले एकएक ओटा काम पाउँछन् र कोही पनि कोहीभन्दा कम धनी हुँदैन ।’ तर, यर्थाथ त्योभन्दा धेरै फरक छ । यसका लागि आप्रवासीका रुपमा अमेरिका प्रवेश गरेका मानिसलाई सोध्नुपर्ने उनी बताउँछन् । कतिपय मान्छेहरु आफ्नो देशको समाजवादी नीतिबाट छुट्कारा पाउन अमेरिका प्रवेश गरेको उनी दाबी गर्छन् ।


वाल स्ट्रिटका विषयमा आफ्नो धारणा राखेका पायनेलाई त्यस विषयमा सोध्दा उनले वामपन्थीहरुले वाल स्ट्रिटका विषयमा फैलाएको नकारात्मक धारणाप्रति रोष प्रकट गरे । केही व्यक्तिले मात्रै वाल स्ट्रिटबाट फाइदा लिए भन्दैमा त्यसले अर्थतन्त्रमा पुरयाएको सहयोगलाई कम आँक्न नमिल्ने उनी बताउँछन् । उद्योगहरुले आफ्नो पूँजी बढाउने स्थान वाल स्ट्रिट भएको बताउँदै त्यस्ता उद्योगमा काम गरेर नै मानिसले आफ्नो अमेरिकी सपना साकार गर्ने गरेको उनी बताउँछन् ।


वाल स्ट्रिटका विषयमा मात्रै नभएर समग्र अमेरिकी अर्थतन्त्रका विषयमा बोल्दै पायने भन्छन्, ‘आफूसँग भएको राम्रो वस्तु नगुमाउँदासम्म तपाईसँग के थियो भन्ने नै थाहा हुँदैन । ’दुखका साथ भन्नुपर्दा, यो वर्षको सूचकाङ्कमा अमेरिका निकै तल झरेको छ । सूचकाङ्क अनुसार कुल १७८ देश मध्य अमेरिका २० औँ स्थानमा छ । यो हालसम्मकै कमजोर अवस्था हो ।


(प्याट्रिक टायररेल हेरिटेज फाउन्डेशनका अन्तर्राष्ट्रिय व्यापार तथा अर्थनीति सम्बन्धि वरिष्ठ अनुसन्धानकर्ता हुन् । ५ मार्च २०२१ मा द हेरिटेज फाउन्डेशनमा प्रकाशित उनको यो लेखको अनुवाद)

प्रतिक्रिया