मंगलबार, वैशाख ११, २०८१

पीजी तहको लाइसेन्स परीक्षा शुक्रबार हुने

मेरोन्यूज २०७७ चैत १२ गते १२:१४

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर तह (पीजी) को परीक्षा शुक्रबार (भोली) गर्ने भएको छ ।

उक्त परीक्षा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा हुँदैछ । परीक्षा विहान ११ देखि १ बजेसम्मका लागि तय गरिएको काउन्सिलले जनाएको छ ।

उन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीका अनुसार उक्त परीक्षामा ३३५ जना पीजी विद्यार्थीहरुको सहभागिता रहने छ । काउन्सिलले बार्षिक रुपमा ४/४ महिनाको अन्तरमा पोष्टग्राजुएट्स पीजी तह उत्तीर्ण गरेकाहरुका लागि विशेष परीक्षा र अन्डरग्राजुएट्सहरुका लागि नाम दर्ता प्रमाणपत्र परीक्षा लिने गर्दछ ।

प्रतिक्रिया