शनिबार, वैशाख ८, २०८१

पछिल्लो २४ घण्टामा १४५ जनामा कोरोना संक्रमण

मेरोन्यूज २०७७ चैत ११ गते १८:२१

काठमाडौं । पछिल्लो चौबीस घण्टामा १४५ जना कोरोना (कोभिड १९) संक्रमित थपिएका छन् । तीन हजार ९६३ जनाको पीसीआर परीक्षण गरिएकामा १४५ जनाको नतिजा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ । यसैगरी चौबीस घण्टामा ९० जना संक्रमणमुक्त भएका छन् योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७२ हजार १८७ पुगेको छ ।

त्यस्तै, पछिल्लो चौबीस घण्टामा १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ३ हजार २० पुगेको छ ।
हाल क्वारेन्टिनमा ५२ जना छन् भने आइसोलेसनमा १ हजार १८२ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया