शुक्रबार, वैशाख ७, २०८१

दुई सय ८२ असई सईमा बढुवा

मेरोन्यूज २०७७ चैत ११ गते १७:५८
This image has an empty alt attribute; its file name is Nepal_Police-1-1024x1024.png

काठमाडौं । दुई सय ८२ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायब निरीक्षक (सई) मा बढुवा भएका छन् । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको निर्णयअनुसार मङ्गलबार उनीहरूको बढुवा भएको हो ।


प्रहरी प्रधान कार्यालय नक्सालले बढुवा भएका सईको पदस्थापन पनि गरिसकेको छ । बढुवाको पहिलो नम्बरमा प्रहरी चौकी शरणामति झापामा रहेका रामकुमार बस्नेत रहेका छन् ।


इलाका प्रहरी कार्यालय मिर्चैया सिरहामा रहेका हिराबहादुर बुढाथोकी दोस्रो नम्बरमा रहँदा जिल्ला अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाई दाङमा रहेका हरिप्रसाद विष्ट बढुवा सूचीको तेस्रो नम्बरमा परेका छन् ।

प्रतिक्रिया