शुक्रबार, वैशाख ७, २०८१

कश्यप पौडेलद्वारा लिखित “डायनकी छोरी” लोकार्पण

मेरोन्यूज २०७७ चैत ११ गते १७:०९

काठमाडौँ । उद्यमी तथा लेखक कश्यपप्रसाद पौडेलद्वारा लिखित “डायनकी छोरी” कथा संग्रहको लोकार्पण गरिएको छ । वरिष्ठ पत्रकार तथा सीमाविद् भैरव रिसालले कथा संग्रहको लोकार्पण गरेका छन् । लेखक पौड्यालले नेपाली परिवेश, मौलिक भाषालाई कथामा उतारेको बताएका छन् । उनले फरक फरक विषयका २१ वटा कथा फरक परिवेशमा आधार रहेर लेखेको बताए ।

लोकार्पण कार्यक्रममा साहित्यकार डा तुलसी भट्टराई, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल, पूर्वप्रशासक नरेन्द्रराज पौड्याललगायतले किताब माथि चर्चा गरेका थिए ।

सिमल बुक पब्लिकेशन्सले प्रकाशन गरेको कथा संग्रहमा २१ फरक क्षेत्रका कथा समेटिएका छन् । पुस्तकको मूल्य ३५० रूपैयाँ तोकिएको छ ।

प्रतिक्रिया