शनिबार, वैशाख १५, २०८१

नागरिक लगानी कोषको संस्थापक शेयर बिक्रीमा

मेरोन्यूज २०७७ चैत ११ गते १६:३२

काठमाडौं । नागरिक लगानी कोषको शेयर बिक्रीमा रहेको छ । नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूह अन्तर्गत ४ लाख ६८ हजार ८२८ कित्ता शेयर बिक्री हुन लागेकाे हाे ।

बैंकले बुधबार जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको न्यूनतम मुल्य १ हजार ५ सय २ रुपैयाँ ५० पैसा तोकिएको यो शेयरमा न्यूनतम १ सय कित्ताको लागि आवेदन दिन सकिने छ । उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापकहरुवा व्यक्ति, कम्पनी, संघ, संस्थाहरु योग्य रहने बैंकले जनाएको छ ।

इच्छुक विद्यमान संस्थापकहरु वा व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले यही चैत ३ गतेदेखि १७ गतेसम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाटमा पुग्ने गरी प्रतिकित्ता आफूले लिन चाहेको दर रेटका साथ सम्पूर्ण विवरण खुलाई शिलबन्दी बोलपत्रमार्फत् आवेदन पेश गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया