शुक्रबार, चैत १६, २०८०

थापाथली हाइटमा सर्ने भयो एमाले कार्यालय

परी नामको रोर्वटले गर्नेछ कार्यालयमा अव आगन्तुकलाई स्वागत

मेरोन्यूज २०७७ चैत ११ गते १६:२७

झण्डै ६ वर्ष धुम्बाराहीमा भाडाको घरमा वसेको सत्तासिन दल एमालेको मुख्यालय अव थापाथली सर्ने भएको छ । आगामी वैशाख १ गतेवाट कार्यालय थापाथली सार्ने तयारी एमालेले गरेको हो ।


मदनगनर वल्खुमा रहेको कार्यालय २०७२ सालको भूकम्पले भत्काएपछि एमालेले पार्टी कार्यालय धुम्बाराहीस्थित पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको भवनमा सारेको थियो ।

धुम्वाराहीस्थित कार्यलयमा ढेड वर्षको करार सम्झौता वाँकी रहँदै एमालेले थापाथलीमा कार्यलय सार्न लागेको हो । नयाँ कार्यलय भवनको वुधबार प्रधानमन्त्री एवंम एमाले अध्यक्ष केपी ओलीले निरीक्षण गरेका थिए ।

नयाँ कार्यालय थापाथली हाइटमा सेन्ट जेभियर्स कलेज नजिकैको भवनमा सार्न लागिएको हो ।

Advertisement


एमालेले आगामी वैशाख ९ गते (अप्रिल २२ तारिख)का दिन पारेर मदननगर वल्खुमा रहेको पार्टीको पहिलेको कार्यलय रहेको जग्गामा नयाँ कार्यालय भवनको शिलान्यास गर्ने तयारी पनि गरेको छ । ७ चैतमा वालुवाटारमा वसेको केन्द्रीय समिति वैठकले नेकपा स्थापना दिवसको दिन पारेर वल्खुमा कार्यालय भवनको शिलान्यास प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीको हातवाट गराउने निर्णय गरिसकेको छ

नयाँ भवन नवन्दा सम्म कार्यालय अव वैशाख १ वाट थापाथली सर्ने एमाले कार्यालय सचिव इश्वरी रिजालले जानकारी दिए ।
नयाँ कार्यालय भवन थापाथलीमा सर्दा आगन्तुकहरुले केही नौलो अनुभव गर्न पाउने गरी तयारी भएको छ । कार्यालयमा आउनेहरुलाई रोबोटले स्वागत गर्ने गरी रिसोप्सनमा राख्ने तयारी भएको छ ।

त्यस्तो रोर्वटको नाम परी राखिएको छ । कार्यलयकै गेटमा रोर्वट राख्ने तयारी एमालेले गरेको छ ।

कस्को हो घर ?
वुधबार मात्रै एमाले केन्द्रीय कार्यालय रहने गरी सम्झौता भएको थापाथली हाइटको उक्त घर सञ्जय अग्रवालको हो ।

साढे २ तलाको उक्त घरमा १३ कोठा छन् । यसअघि उक्त घरमा संयुक्त राष्ट्रसंघ युएन वुमनको कार्यालय थियो । पहिले घरधनी आफैं वसेको उक्त घरमा केही समय अगाडीसम्म राष्टसंघको यूएन वुमनको कार्यालय रहेको थियो । अव भने एमाले मुख्यालय हुन लागेको हो ।
घरधनी अग्रवाल भने कालीमाटीमा भाडाको घरमा वस्दै आईरहेका छन् ।

प्रतिक्रिया