बिहीबार, चैत १५, २०८०

प्रथम जिल्ला समन्वय खुला ब्याडमिन्टन शुरु

मेरोन्यूज २०७७ चैत ११ गते १५:३३

नुवाकोट । जिल्ला समन्वय समितिका आयोजनामा ‘प्रथम जिल्ला समन्वय खुला ब्याडमिन्टन प्रतियोगिता’ बट्टारस्थित कभर्ड हलमा बुधबार (आज) देखि शुरु भएको छ । तीनदिनसम्म सञ्चालन हुने प्रतियोगितामा ४६ टोलीका ९२ खेलाडी सहभागी छन् ।

प्रतियोगितामा रसुवाका ६ टोलीका १२ खेलाडी सहभागी छन् । जिल्लामा ब्याडमिन्टनको अहिलेसम्मको सबैभन्दा ठूलो भनिएको प्रतियोगिता हो । यस प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई रु २० हजार, रु १५ हजार र रु।० हजारसहित पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाले प्रतियोगिता उद्घाटन गर्दै प्रतियोगिताले खेलप्रति जिल्लावासीमा थप रुचि पैदा गर्ने बताए । आयोजक जिससका प्रमुख सन्तमान तामाङले प्रतियोगिताबाट जिल्लामा ब्याडमिन्टनप्रतिको आकर्षण बढ्ने बताए । रासस

प्रतिक्रिया