बिहीबार, चैत १५, २०८०

अन्तर्वार्ता

जसपालाई भर गर्ने अवस्था देखिएन : कांग्रेस प्रवक्ता शर्मा

मेरोन्यूज २०७७ चैत ११ गते १०:५६
तस्वीरः जुली गिरी

नेपाली राजनीतिलाई तरंगित बनाउने गरी सर्वाेच्चले गत फागुनमा दुई वटा फैसला सुनायो । पहिलो, प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा प्रतिनिधि सभा विघटन गर्न गरेको सिफारिस असंवैधानिक ठहर गर्दै संसद् पुनःस्थापना र त्यसपछि अर्काे, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता बदर गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई ब्यूताइदिने निर्णय ।

यी दुई निर्णयसँगै अबको सत्ता समीकरण चर्चामा छ । नेकपा विभाजनपछि अबको सत्ता समीकरण कसको नेतृत्वमा कसरी बन्छ ? सबैमा चासो छ । नयाँ सरकार गठनमा नेपाली कांग्रेसको धारणा, जसपासँगको सहकार्यलगायत विषयमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मासँग मेरोन्यूजकर्मी सञ्जिता खनालले गरेको कुराकानी:

नेपाली कांग्रेस अहिले के गर्दैछ ?
नेपाली कांग्रेस अहिले दुई कुरामा अगाडि बढिरहेको छ । राष्ट्रि«य राजनीतिको सन्दर्भमा एउटा बिकल्प मुलुकले खोजिरहेको छ । जसमा नेपाली कांग्रेस पार्टीलाई खोजिरहेको छ । प्रतिस्पर्धी दलहरुले खोजिरहेका छन् । कुन रुपमा निष्कर्षमा पुग्न सकिएला भनेर उचित समयको प्रतीक्षामा कांग्रेस अहिले अनौपचारिक छलफलमा छ । अर्को १४ औँ महाधिवेशनको आन्तरिक तयारीमा कांग्रेस व्यस्त छ ।

नयाँ सरकारको विषयमा कांग्रेसको धारणा के ?
२०७४ सालको निवार्चनले जनताले एमाले र माओवादीको गठबन्धनलाई मुलुकको नेतृत्व गर्ने ‘म्यान्डेट’ दिए, यस्तै कांग्रेसलाई प्रतिपक्ष । जनताको म्यान्डेट अनुसार सरकार सञ्चालनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) असफल भयो । गएको फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि त्यो म्यान्डेट पनि खण्डित भएको छ । अब नेपाली कांग्रेस सरकारको नेतृत्व गर्न चाहेको खण्डमा मिल्ने अवस्थामा छ ।

तर सरकार दुई अवस्थाले बन्छ । एउटा राजनीतिक र अर्को गणितीय । राजनीतिकरुपमा समय र परिस्थितिले रुपान्तरण खोजिसकेको छ । अहिलेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा खोजिएको छ । तर गणितीय रुपमा त्यो संख्या पर्याप्त छैन् । कांग्रेस अहिले तत्काल सरकारको नेतृत्व गरिहाल्ने, अविश्वासको प्रस्ताव ल्याइहाल्ने, हस्ताक्षर गरिहालेर प्रधानमन्त्री पदका लागि अगाडि बढी हालेको अवस्था भने छैन ।

Advertisement

किन त ? माओवादीलगायत दलले त कांग्रेसको नेतृत्वमा सरकार बनाऔं भनिरहेकै छन् त ?
मुख्य कुरा संसदमा चौथो शक्तिका रुपमा रहेको जनता समाजवादी पार्टी (जसपा) एकै ठाउँमा रहन्छ कि रहदैन, आशंका गर्नुपर्ने अवस्था छ । कांग्रेस प्रवक्ताले यसो भन्यो भनिरहँदा जसपाले हामी माथि गलत आरोप लगाउने ? हामी एक ठाउँमा छौँ, एक ठाउँमा हुन्छौँ, रहन्छौँ भन्नुहोला । तर उहाँहरुले प्रष्ट रुपमा बोलिरहनु भएको छैन ।

उहाँहरुले भन्नुपर्‍यो केपी ओलीजीको बिकल्प खोज्न सँगै उभिन्छौँ । ठूलो स्वरले भन्नु परेन कि सानो स्वरले भनिदिए हुन्छ । त्यसले एक प्रकारको वातावरण बन्छ । किनभने सरकार बदल्नका लागि राजनीतिक वातावरण एउटा विषय भयो । तर अन्ततः संसदीय व्यवस्थामा संसद्को गणनाको हिसाब हुन्छ । त्यो गणनाको हिसाबले भन्ने हो भने अहिले भरोसायुक्तको लठ्ठी टेक्न सकिने अवस्था आएको छैन् । शंकाको बीचमा नयाँ सरकार बन्न सक्दैन । नयाँ सरकार विश्वासको बीचबाट बन्छ ।

नयाँ सत्ता समीकरणमा कांग्रेस, माओवादी केन्द्र र जसपाबीच सहकार्य हुन सक्छ कि सक्दैन् ?
केपी ओलीजीले नैतिकताका हिसाबले राजीनामा दिएमा प्रधानमन्त्री पद खाली हुन्थ्यो । तर ओलीजीले राजीनामा दिएर प्रधानमन्त्री पद छोड्नुहोला भनेर हामीले कल्पना गरेका छैनौँ । दोस्रो, ओलीजीलाई प्रधानमन्त्रीबाट हटाउन १३८ सासंद चाहिन्छ । अविश्वासको प्रस्ताव दर्ता गर्न १३८ सांसद चाहिँदैन ।

२५ प्रतिशत भए पुग्छ । तर त्यो अविश्वासको प्रस्ताव पास गर्न १३८ सांसद चाहिन्छ । कांग्रेसको मत एक ठाउँमा हुन्छ । माओवादी केन्द्रको मतमा पनि भरोसा नै छ । तर जसपाबाट जुन कुरा आएको छ । त्यसले भर गर्ने अवस्था भएन ।

जसपासँग विश्वस्त नभएर नै कांग्रेस त्यसो भए मौन बसेको हो ?
जसपासँग विश्वस्त नभएर कांग्रेस मौन बसेको पनि होइन । अहिले कांग्रेस प्रतिपक्षको भूमिका निवाह गरिहँदा नै कम्युनिष्ट गठबन्धनबाट चल्दैन भनेका थियौँ । त्यो पुष्टि भएको जनताले देखेका छन् । सरकारमा लैजान र निकास दिनुपरेमा पनि कांग्रेसलाई मत नै दिनुपर्ने रहेछ भनेर अहिले जनताले थाहा पाएका छन् । अहिलेको संसद्को गणितमा जसपाले सम्पूर्ण रुपमा कांग्रेसको साथमा भन्ने विषयमा प्रष्ट भनेको छैन ।

जसपाले अहिले उठाएको मुद्दाका विषयमा कांग्रेस एक हुन सक्छ त ?
जसपाले उठाएका मुद्दा कांग्रेससँग धेरै मिल्छ । संविधान संशोधन गरेर थप मधेसलाई अधिकार सम्पन बनाउनेमा कांग्रेस जसपासँग नजिक छ । कांग्रेस नै संविधान निर्माण गर्दाको नेतृत्वकर्ता हो । प्रधानमन्त्री सुुशील कोइरालाले आफ्नो नेतृत्वमा संविधान बनाएर दुईबुँदे संविधान संशोधनको प्रस्ताव दर्ता गरेको थियो । पछि पुनः शेरवहादुर देउवा प्रधानमन्त्री हुँदा संविधान संशोधनको प्रस्ताव ल्याइएको थियो । ती विषय त क्रमशः हल गर्दै लैजान सकिन्छ ।

तर मुख्य कुरा प्रधानमन्त्रीबाट ओलीको बिदाइ हो/होइन भनेर जसपा प्रष्ट भएर आयो भने अन्य कुराको ढोका खुल्छ । तर केपी ओलीको बिदाइ हो वा होइन अलमल गर्ने, एजेन्डाका कुरा केन्द्रमा राखौँ भन्ने, यताबाट भए पनि हुने उताबाट भए पनि हुने, एउटा शिरमा दुई मतिष्क भए जसरी जुन ढङ्गले जसपा आएको छ, यसले भने समस्या हुन्छ । अहिले भएको पनि यही हो । कांग्रेसको अहिलेको अपेक्षा भनेको जसपा चाँडै ‘क्लियर’ भएर आओस् भन्ने छ । त्यसपछि कांग्रेस अगाडि बढ्छ ।

मुख्य कुरा प्रधानमन्त्रीबाट ओलीको बिदाइ हो/होइन भनेर जसपा प्रष्ट भएर आयो भने अन्य कुराको ढोका खुल्छ । तर केपी ओलीको बिदाइ हो वा होइन अलमल गर्ने, एजेन्डाका कुरा केन्द्रमा राखौँ भन्ने, यताबाट भए पनि हुने उताबाट भए पनि हुने, एउटा शिरमा दुई मतिष्क भए जसरी जुन ढङ्गले जसपा आएको छ, यसले भने समस्या हुन्छ ।

मुख्य कुरा प्रधानमन्त्रीबाट ओलीको बिदाइ हो/होइन भनेर जसपा प्रष्ट भएर आयो भने अन्य कुराको ढोका खुल्छ । तर केपी ओलीको बिदाइ हो वा होइन अलमल गर्ने, एजेन्डाका कुरा केन्द्रमा राखौँ भन्ने, यताबाट भए पनि हुने उताबाट भए पनि हुने, एउटा शिरमा दुई मतिष्क भए जसरी जुन ढङ्गले जसपा आएको छ, यसले भने समस्या हुन्छ ।

जसपा किन दुई धारमा उभिएको होला ? के लाग्छ तपाईंलाई ?
संविधानमा मधेसका धेरै कुरा आए भने कयौँ कुरा छुटे । संविधान आउँदाका क्रममा कतै टायर बल्यो त कतै मैनबत्ती । यो देश मैनबत्ती र टायर बाल्ने दुवैको हो । टोपी लगाउनेको पनि यो देश हो भने धोती लगाउनेको पनि हो । कांग्रेसले मधेसलाई सँगसँगै लिएर जाने प्रयत्न गरेर फेरि संविधान संशोधनको प्रस्ताव लिएर आयो ।

त्यो प्रस्ताव ल्याउनेसँग मिल्ने कि जसपा संविधान संशोधनको प्रस्ताव फेल गर्ने एमालेसँग मिल्ने ? संविधान संशोधनको प्रस्ताव ल्याउने कांग्रेससँग उभिन जसपालाई के हिचकिचावट ? संविधान संशोधनको प्रस्ताव फेल गरेको एमालेसँग वार्ता गरेर के पाइएला ? एमालेसँग ढुक्क हुनुपर्ने कारण के छ ? उपेन्द्र यादवलाई सरकारमा ल्याएर डेढ–दुई वर्ष अलम्लाउने काम एमाले नै गरेको हो । अझै फेरि जसपा उतै आशा गरिरहेको छ ।

उहाँहरुको भर गरेर संविधान संशोधनको प्रस्ताव राख्न कांग्रेस सक्दैन । भर गर्न नसकिने लठ्ठी टेक्नु हुँदैन भने भर गर्न नसकिने साथीसँग यात्रा गर्नु हुँदैन । अहिले कांग्रेस जसपाको भर गरेर अगाडि बढेको छैन । जसपाले चाँडै आफुलाई स्पष्ट गरोस् । जसपा मधेसको मुद्दाको पक्षमा छ । देशको हितको पक्षमा छ । प्रतिगमन विरुद्धमा छ । ओली सरकारको बिदाइको पक्षमा छ भनेर निर्णय गरेर आयो भने जसपाको एजेन्डामा खुल्ला छलफल गरेर एउटा साझा बिन्दु खोज्न सकिन्छ ।

प्रतिक्रिया