मंगलबार, वैशाख ४, २०८१

गण्डकी प्रदेशको प्रमुख सचिवमा तीन सचिव सिफारिस

मेरोन्यूज २०७७ चैत ११ गते ८:३९

काठमाडौं। उमेर हदका कारण नियमित अवकाशमा गण्डकी प्रदेशका प्रमुख सचिव विष्णुप्रसाद नेपाल गएसँगै रिक्त रहेको उक्त पदमा तीन जनाको नाम सिफारिस भएको छ।

लोकसेवा आयोगको मङ्गलबार बसेको बैठकले सचिवहरू दामोदर रेग्मी, मुकुन्द पौड्याल र गणेश पाण्डेलाई सिफारिस गरेको हो।

अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिसमा परेकामध्ये एक जनालाई बढुवाको निर्णय गर्ने छ।

बढुवा भएका चाहिँ प्रमुख सचिव हुने छन्। यही चैत २ गते प्रमुख सचिव उमेर हदका कारण नियमित अवकाशमा गएका थिए।

लगत्तै उनलाई सरकारले गण्डकी प्रदेश लोकसेवा आयोगको अध्यक्षमा नियुक्त भएका छन्।

प्रतिक्रिया