बुधबार, वैशाख ५, २०८१

‘हिउँदमा गाग्री बोक्न टुटेको छैन’

मेरोन्यूज २०७७ चैत १० गते १७:०४

बलेवा । ढोरपाटन नगरपालिका–२, ५, ७ र निसीखोला गाउँपालिका–२ का स्थानीयवासीले ढुक्कले खानेपानी नपाएको वर्षौं बित्यो । दुई घण्टाको बाटोमा रहेका कुवा र पँधेरोबाट पानी बोक्दा परिवारका लागि पानी पु¥याउन कठिन भएको अनुभव छ, ढोरपाटन–२ की गीता कुँवरको ।    
    
 मुहान नै नपाएका कारण यी वडाका बस्तीमा पानी पु¥याउन सकिएको थिएन । यहाँ पानी पु¥याउनका लागि कैयौँ पटक प्रयास भए । लिफ्टिङ प्रविधिदेखि आकासेपानी जम्मा गरेर जोहो गर्ने विधि अपनाउँदासमेत वर्षाको समयमा पुगे पनि हिउँदमा पानीको समस्या उस्तै हुने गरेको उहाँ बताउनहुुन्छ । “विभिन्न नामका संस्था आएर पानी ल्याउने भने । हिउँदमा गाग्री बोक्न टुटेको छैन”, उहाँ भन्नुहुन्छ, “अब त केही होला भन्ने आशा पलाउन थालेको छ ।”    
    
 यहाँ पानी पु¥याउन विगतदेखि नै प्रयास नभएका भने होइनन् तर ती प्रयास बालुवामा पानी बगेजस्तै बगेर गए । विगतबाटै खुत्रुङ खोलाबाट पानी ल्याउने भनेर चर्चा थियो, स्थानीयवासी शेरमान घर्ती पुरानो कुरा सम्झनुहुन्छ, दूरी निकै टाढा, बजेट नभएकाले कहिलै काम भएनन् ।    
    
 खानेपानीका समस्या कहाँ छैन होला र ? कतै मुहानको समस्या त कतै बजेटको अभाव । सर्वसाधारणले खानेपानी नपाएका घटना धेरै छन् । अहिले स्थानीय सरकारको सक्रियताले काकाकुल गाउँमा पानीको समस्या हट्दै छ । पञ्चायतकालीन शासकले कल्पना गरेको तर सक्रियताको अभावमा सञ्चालन गर्न नसकेको आयोजना स्थानीय सरकारले शुरु गरेपछि अहिले भने यहाँका स्थानीयवासीमा खानेपानी पाउने आशा पलाएको छ ।    
    
 पानीको समस्या रहेका झण्डै ४५० घरधुरीका लागि पानी पु¥याउन अहिले धमाधम काम भइरहेको छ । ढोरपाटन नगरपालिकाले गत आर्थिक वर्षमा बजेट विनियोजन गरेपछि अहिले यी गाउँहरुमा २५ किलोमिटर टाढाबाट पानी ल्याइएको छ । योजना पूरा भएपछि ढोरपाटन नगरपालिका–९ को खुत्रुङ खोलाबाट ५० मिलिलिटरका दुईवटा पाइपबाट पानी आउनेछ । एउटा पाइपबाट ढोरपाटन नगरपालिका–२ बयचौरमा रहेको एक लाख ५० हजार लिटरको ट्याङ्की र अर्को पाइपबाट ढोरपाटन–७ घम्पुमा बनेको एक लाख लिटरको ट्याङ्कीमा पानी खसेको नगरप्रमुख देवकुमार नेपाली बताउनुहुन्छ । “हामी तीव्र इच्छाशक्ति राखेर काम गरिरहेका छौँ । यो आर्थिक वर्षभित्रै सबैका घरमा पानी पुग्छ”, नगरप्रमुख नेपालीले भन्नुभयो ।    
    
 निरन्तर बग्ने खुत्रुङ खोलाको मुहानबाट आएकाले यो पानीले अबको ५० वर्ष खानेपानीको समस्या टार्ने ढोरपाटन–२ का वडाअध्यक्ष युवराज महतले बताउनुभयो । घैँटाको पानीले हिउँदमा नपुग्दा झण्डै २ घण्टाको बाटो हिँडेर पानी ल्याउने स्थानीयवासी गीता कुँवर धारा पाउने खबरले उत्साहित भएको बताउनहुन्छ । पानीको चरम समस्या रहेका गाउँहरुमा सामुदायिक धारा बनाउने योजनामा वडा कार्यालयको छ । नगरपालिकाले गत आर्थिक वर्षमा रु ९० लाख पाइप तथा ट्याङ्कीका लागि, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पाइपलाइन बनाउने र पुर्ने काममा रु २७ लाख खर्च गरेको थियो । चालु वर्षमा दुवैतर्फ रु २५÷२५ लाख बजेट विनियोजन भएको छ । आयोजना सकिँदासम्म कति खर्च लाग्छ भन्ने आङ्कलन भने गरिएको छैन । अहिलेसम्म करीब रु दुई करोड खर्च भइसकेको उहाँले जानकारी दिनुभयो । रासस   
–––  

प्रतिक्रिया